माओवादीले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम चलाउने
शनिबार, २५ असार २०७९, १० : ५८
नेकपा माओवादी केन्द्रले चुनावअघि प्रदेशको प्रशिक्षण कार्यक्रम चलाउने भएको छ । पार्टीको शनिबार बनेको स्थायी समिति बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म विभिन्न प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
महरा अनुसार पार्टीले साउन १६ गते बागमती प्रदेश, १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १, २२ गते लुम्बिनी प्रदेश, २८ गते सुदूरपश्चिम प्रदेश, २९ गते कर्णाली प्रदेश, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय ३ गते प्रवासको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ ।
त्यस्तै पार्टीले आगामी चुनावसम्मका लागि प्रदेश कमिटी र केन्द्रबीच समन्वय गर्न एउटा समिति बनाउने निर्णय गरेको छ । प्रदेश इन्चार्जको नेतृत्व बन्ने सो प्रदेश समन्वय समितिमा केन्द्रीय सदस्य तथा प्रदेशका सबै पदाधिकारी सदस्य रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ देशका कर प्रशासक र विज्ञ नेपालमा
-
जसपा नेपालसँग बहुमत सदस्य रहेको उपेन्द्र यादवको दाबी
-
आलिया दोस्रो पटक डिपफेकको शिकार
-
शाहिद-करिनाको तारिफ गर्दै इम्तियाजले भने, ‘ब्रेकअपपछि पनि दुवैले व्यावसायिक भएर काम गरे’
-
कोशीमा बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई पुनः अनुरोध गर्ने निर्णय
-
कर्णाली : बजेट थप गरी कार्यान्वयन गर्ने भनिएका ५७४ टुक्रे योजना अलपत्र