आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विल्सेरद्वारा सन्यासको घोषणा

शनिबार, २५ असार २०७९, १० : ३९
शनिबार, २५ असार २०७९

प्रिमियर लिग क्लब आर्सनलका पूर्व मिडफिल्डर ज्याक विल्सेरले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

ज्याकले ३० वर्षको उमेरमा फुटबलबाट सन्यास घोषणा गरेका हुन् । इङ्ल्यान्डको पूर्व मिडफिल्डरले १६ वर्षकै उमेरमा सिनियर टोलीमा डेब्यु गरेका थिए ।

विल्सेरले सामाजिक संजालबाट एक विज्ञप्ति निकाल्दै फुटबलबाट सन्यास घोषणा गरेका हुन् । ज्याकले आर्सनलका लागि १ सय ९७ खेल खेलेका थिए ।

सन् २०१८ मा आर्सनल छाडेका उनले क्लबबाट दुई पटक एफए कप जितेका थिए । उनले इङ्ल्यान्डको लागि ३४ खेल खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप