जब चिनियाँ लडाकु विमान एलएसीमाथिबाट उड्यो...
गत जुन महिनामा पूर्वी लद्दाखको एलएसीमा एक चिनियाँ लडाकु विमान विवादित क्षेत्रको धेरै नजिकबाट उडेपछि भारतीय वायुसेना सतर्क भयो। सेनाले प्रतिरक्षा प्रणाली र लडाकू विमान तैनाथ गर्न थाल्यो । यो घटना २८ जुनको हो, जब पहिले नै चलिरहेको गतिरोधका बीच दुई देशबीच बढ्दो टकरावको स्थिति बनेको थियो।
अङ्ग्रेजी अखबार टाइम्स अफ इन्डियाको पहिलो पृष्ठमा यो समाचार प्रकाशित गर्दै भनेको छ, ‘२८ जुनको बिहान चिनियाँ लडाकु विमानले तनावको बिन्दुमा भारतीय सेनाको धेरै नजिक उडेको थियो। यसपछि भारतीय वायुसेनाले तुरुन्तै चिनियाँ समकक्ष समक्ष मुद्दा उठायो।’
स्रोतका अनुसार, ‘चिनियाँ विमानहरू नजिक आएसँगै वायुसेनालाई सतर्क गराइएको थियो र भारतका लडाकु विमानहरू पनि तयार थिए, तर त्यसपछि चिनियाँ विमान आफ्नो सीमामा फर्कियो ।’
यो घटना यस्तो बेला भएको थियो जब चीनको पिपुल्स लिबरेशन आर्मी र वायुसेनाले पूर्वी लद्दाखमा आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा अभ्यास गरिरहेका थिए । भारतले आरोप लगायो कि सन् २०२० मा अप्रिल-मे महिनामा नै यस्तै अभ्यासमा चिनियाँ सेनाले पूर्वी लद्दाखको भारतीय क्षेत्रमा घुसपैठ गरेको थियो। त्यसयता दुवै देशले विवादित स्थानमा ठूलो संख्यामा सेना तैनाथ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
-
अस्ट्रेलियाद्वारा इनिङ्स समाप्तिको घोषणा, भारतलाई जितका लागि २७५ रनको लक्ष्य
-
पुस १० गतेदेखि पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै
-
एकीकृत समाजवादीमा कार्यविभाजन, विद्यार्थी इन्चार्जमा रामकुमारी झाँक्री
-
प्रदेश सरकारसँग अधिकार नहुँदा उद्योगीका समस्याबारे केही गर्न सकिएको छैन ः मन्त्री तामाङ
-
संस्कृति विश्वविद्यालयको सिनेट बैठक स्थगित