बुढीगंगा नगरपालिकाको मतगणना : झण्डै एक हजार मतले एमाले उम्मेदवार अगाडि

person explore access_timeअसार २५, २०७९ chat_bubble_outline0

बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार ३ हजार ६४८ मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ ।


हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले झण्डै एक हजार मतले अग्रता लिएका छन् ।  नेपाली काँग्रेसका रंगबहादुर खातीले पछिपछि रहेका छन् ।



एमालेका उम्मेदवारले मेयरमा २ हजार १९६ र उपमेयरमा २ हजार १७२ मत पाएका छन् भने काँग्रेसका उम्मेदवारले मेयरमा १ हजार २३९ र उपमेयरमा १ हजार २६१ मत पाएका छन् ।



एमालेले १ र १० नम्बर वडामा वडाध्यक्ष समेत जितिसकेको छ । अहिले २ र ९ नम्बर वडाको मतगणना भइरहेको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।