नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात

नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ। पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन 'तानसेन' सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ।
शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा सिमेन्टले करिब तीन हजार बोरा सिमेन्ट बोकेका ट्रक भारततर्फ पठाएको हो । स्थापनाको चार वर्षमै सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिए । “अब मागका आधारमा दैनिक सिमेन्ट पठाउने तयारी छ,” उहाँले भन्नुभयो। पाल्पा सिमेन्टले पाल्पाको माथागढी-७, रहबासमा रहेको खानीको चुनढुङ्गा प्रयोग गर्दै आएको छ । हाल यो उद्योगले दैनिक एक हजार आठ सय मेट्रिक टन क्लिङ्कर र करिब तीन हजार मेट्रिक टन सिमेन्ट (जडित क्षमताका आधारमा) उत्पादन गर्दै रहेको छ। वर्षोंदेखि निजी क्षेत्रले सिमेन्ट निर्यातको वातावरण तयार गर्न आग्रह गर्दै आएकोमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले त्यसलाई सम्बोधन गरेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैतसम्म सवा २४ खर्ब विदेशी मुद्रा सञ्चिति, पर्याप्तता सूचक नकारात्मक
-
आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न स्वास्थ्यमन्त्री पौडेलद्वारा कार्यदल गठन
-
बागमती प्रदेशसभा अधिवेशन आह्वान
-
आगामी बजेटमा सरकारका ७ सिद्धान्त, २५ प्राथमिकता
-
चैत महिनामा झनै घट्यो मूल्यवृद्धि, काठमाडौँको वृद्धिदर सबैभन्दा कम
-
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने