शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उज्ज्वल ठकुरीलाई कराते विश्व प्रतियोगितामा कास्य पदक

शुक्रबार, २४ असार २०७९, २१ : ४५
शुक्रबार, २४ असार २०७९

अमेरिकाको डिसी महानगर क्षेत्रमा २ दशक देखि बस्दै आएका ९ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाउन सफल कराते खेलाडी उज्ज्वल ठकुरीलाई कराते विश्व प्रतियोगितामा कास्य पदक जित्न सफल भएका छन् । उनले अमेरिकाको प्रतिनिधित्व गर्दै उक्त पदक हात पार्न सफल भएका हुन् । 

गत जुलाई २ देखि ७ सम्म फ्लोरिडा राज्यमा संचालन भएको विश्व कराँते प्रतियोगितामा उनि लगायत अन्य दुई खेलाडीसहितले समूह भिडन्तमा तेश्रो स्थान हासिल गरेका छन् । अमेरिकामा १० औ डब्लुयुकेएफ वर्ल्ड कराते च्याम्पियनसिप २०२२ फ्लोरिडाको फोर्थ लाउडरमा भएको थियो । उक्त प्रतियोगितामा इंग्ल्याण्ड प्रथम भएको थियो। प्रतियोगितामा ३४ राष्ट्रका  १९०० खेलाडीहरूले भाग लिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप