कुपोषण भएका बालबालिकाका परिवारलाई बाख्रा वितरण
शुक्रबार, २४ असार २०७९, २१ : ४२
![कुपोषण भएका बालबालिकाका परिवारलाई बाख्रा वितरण](https://rpcdn.ratopati.com/media/albums/b_WbPEiQiSGt.jpg)
बैतडीको दोगडाकेदार गाउँपालिकाले कुपोषण भएका बालबालिकाका परिवारलाई बाख्रा वितरण गरेको छ । बहु क्षेत्रीय पोषण योजना अन्तरगत गाउँपालिका भरीका ५० परिवारलाई बाख्रा वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए ।
कुपोषण भएका बालबालिकालाई पौष्टिक तत्त्वका लागि मासु खुवाउन बाख्रा पालन गर्नु उपयुक्त हुने भन्दै बाख्रा वितरण गरिएको हो । बाख्रा पाएका बालबालिकाका परिवारका व्यक्तिहरूलाई शुक्रवार गाउँपालिका कार्यालयमै बोलाएर बाख्रा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । ठूलो बाख्रा पाउने लाई एक बाख्रा र सानो पाउनेलाई दुई बाख्राका दरले दिइएको हो ।
किसानहरूलाई बाख्रा पालनमा आक्रोशित बाख्रा वितरण गरिएको उपाध्यक्ष काकीले बताइन् । अब एकै बाख्राबाट बढाउँदै व्यवसायीकै बाख्रा पालन गर्ने दोगडाकेदार १ की हरु भुलले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली विधानसभा चुनाव : १२ वर्षमा सबैभन्दा कम मतदान
-
त्रिवि सेवा आयोगले विभिन्न पदका लागि विज्ञापन खोल्यो
-
सांसदहरूले सोधे– भारतले नेपाली भूभाग मिच्दा सरकार किन मौन ?
-
आईसीसी वरीयतामा अभिषेकको छलाङ
-
महान्यायाधिवक्ता कार्यालयको तीन निर्णय विवादमा
-
कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन