अमरनाथ गुफा नजिकै बादल फाट्दा १० जनाको मृत्यु
शुक्रबार, २४ असार २०७९, २१ : १७

शुक्रबार साँझ जम्मु कश्मीरको अमरनाथ गुफा नजिकै बादल फाट्दा १० जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार अमरनाथ गुफा मुनि साँझ ५.३० बजे बादल फटेको थियो ।
घटनापछि एनडीआरएफ, एसडीआरएफ र सबै सम्बन्धित निकाय घटनास्थलमा राहत र उद्धार कार्यमा जुटेका छन् । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै एनडीआरएफका डीजी अतुल करवालले भने, "आशा छ पानीको बहाव कम हुनेछ तर हामी हरेक परिस्थितिका लागि तयार छौँ। १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने तीन जनाको जीवित उद्धार गरिएको छ।"
जम्मु कश्मीर प्रहरीका अनुसार अचानक बादल फाट्दा केही लङ्गार र टेन्टहरू बाढीको चपेटामा परेका थिए । अमरनाथ गुफा नजिकै बादल फाटेको घटनालाई लिएर केन्द्रीय गृहमन्त्री अमित शाहले जम्मू कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हासँग कुरा गरे र अवस्थाबारे जानकारी लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने’
-
देवानगञ्ज : कृषि क्रान्तिको भूमि, जहाँ एक कट्ठा जमिन पनि छैन बाँझो
-
तरकारीको गाडीबाट प्रहरीले पैसा उठाएको गुनासो आएको छ
-
दुई पूर्वविजेता इङ्लिस क्लब म्यान युनाइटेड र टोट्टनहामबिच उपाधि भिडन्त
-
तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ, नदिए भन्सारमा बुझाउँछ
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?