मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

मुलुकमा हिन्दूराष्ट्र स्थापित गर्छौं : कमल थापा

शुक्रबार, २४ असार २०७९, ०३ : ००
शुक्रबार, २४ असार २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले लोकतान्त्रिक हिन्दु राष्ट्र स्थापित हुने दाबी गरेका छन् । पार्टी जनवर्गीय सङ्गठन पूर्व प्रहरी परिषद्को केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाले बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी भएको नेपालमा धर्मनिरपेक्ष लोकतान्त्रिक मूल्यमान्यता विरुद्ध रहेको बताए ।

हिन्दू राष्ट्रको वकालत गर्ने पार्टी राप्रपा नेपाल मात्रै रहेको दाबी गर्दै उनले आगामी दिनमा सम्वर्द्धनवादको विचार बोकेको राप्रपा नेपाल देशको प्रमुख राजनीतिक शक्त बन्ने जिकिर गरे । अध्यक्ष थापाले सम्वर्द्धनवाद र हिन्दुत्वको मुद्दालाई अगाडि बढाएको राप्रपा नेपालले धर्म परिवर्तन, बेरोजगारी समस्या, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गरी देश विकासमा भूमिका निर्वाह गर्ने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप