पाँच लाखसहित भारतीय नागरिक पक्राउ
शुक्रबार, २४ असार २०७९, २० : २६
सर्लाहीको त्रिभुवननगर नाकाबाट पाँच लाख नेपाली रुपैयाँसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । बीआर३०एक्स ३४६६ नम्बरको भारतीय मोटरसाइकलमा पाँच लाख १० हजार ८ सय नेपाली रुपैयाँ र २ हजार २ सय भारतीय रुपैयाँ लिएर आउँदै गरेको अवस्थामा प्रहरीले भारतीय नागरिक अवधेश कुमारलाई पक्राउ गरेको हो ।
बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकसहितको गस्ती टोलीले शंका लागेपछि मोटरसाइकलसहित अवधेशलाई चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा अवधेशले खुट्टामा नेपाली पैसा बेरेर ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीले अवधेशको साथबाट पोको कम्पनीको २ थान मोबाइल पनि बरामद गरेको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक
-
बागमती प्रदेश : आवधिक योजनाको लक्ष्य प्राप्त गर्न मुस्किल, कहाँ चुक्यो सरकार ?
-
मुम्बई इण्डियन्ससँग सनराइजर्स हैदराबाद ७ विकेटले पराजित
-
रास्वपा संसदीय दलको बैठक आज
-
सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग आज छलफल गर्दै
-
बेलायतमा भएको इंग्ल्याण्डसँगको फुटबलमा नेपाल २–० ले पराजित (फोटो फिचर)