बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डद्वारा आवेको निधनप्रति दुःख व्यक्त

शुक्रबार, २४ असार २०७९, २० : ०५
शुक्रबार, २४ असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले आवेको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

उनले आवे अर्थशास्त्र र सुरक्षा क्षेत्रको रूपान्तरणमा  एसियाली महादेशका प्रेरणादायी नेता भएको बताएका छन् । उनले अवे आफ्नो र नेपालको निकै नजिकको साथी रहेको उल्लेख गरेका छन् । उनले आवेप्रति श्रद्धाञ्जली दिँदै परिवार तथा जापानी जनतामा गहिरो समवेदना व्यक्त गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप