शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चुरे-मधेसबीच नङ र मासुजस्तै सम्बन्ध : मन्त्री यादव

शुक्रबार, २४ असार २०७९, १९ : ४०
शुक्रबार, २४ असार २०७९

वन तथा वातावरण मन्त्री प्रदीप यादवले चुरे र मधेसबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको बताएका छन् । शुक्रबार राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुरेको विनाश रोक्न आवश्यक रहेको बताए ।

मन्त्री यादवले वन मन्त्रालयले मात्र चुरेको विनाश रोक्न सम्भव नरहेको पनि प्रस्ट पारे । ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालयले पनि चुरे विनाश रोक्न उत्तिकै पहल गर्नुपर्ने उनको भनाइ छ । गिट्टी, बालुवा उत्खननका लागि निश्चित ठाउँ तोकेर पनि चुरे विनाशलाई रोक्न सकिने उनले बताए । रातारात तस्करहरु मिलेर चुरे क्षेत्रमा फँडानी गर्ने क्रम रोक्नुपर्नेमा जोड दिँदै उनले चुरे संरक्षण सबैको साझा दायित्व भएको बताए ।

वन विज्ञ डा.नाग्रेन्द यादवले वातावरण संरक्षणदेखि लिएर नदी प्रणालीको व्यवस्थापन, कृषि प्रणालीदेखि जैविक विविधताको विषय चुरे क्षेत्रले समेटेको बताए । चुरे संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले समूहको उचित सहभागिता बिना चुरे संरक्षण सम्भव नरहेको बताए ।

चुरे संरक्षण विकास कोषले चुरे क्षेत्रको प्राकृतिक स्रोत संरक्षण, दीगो व्यवस्थापन, गरिबी न्यूनीकरण एवं समृद्ध नेपालको लक्ष्यमा टेवा पुयाउने उद्देश्यका साथ काम गरिरहेको सो अवसरमा जनाइयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप