नागरिकता विधेयक संसद्मा दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय
शुक्रबार, २४ असार २०७९, २२ : ४०
मन्त्रिपरिषदको बैठकले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकबाट फिर्ता लिएको सो विधेयक दर्ता गर्ने निर्णय भएको मन्त्री उमा रेग्मीले रातोपाटीलाई जानकारी दिइन् ।
मन्त्री रेग्मीका अनुसार नयाँ ल्याइने नागरिकता सम्बन्धि विधेयकमा गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकका अन्य अधिकार उपभोग गर्न पाउने गरी व्यवस्था गरिने छ । सो विधेयकमा के के कुरा संसोधन भएको बारे भने मन्त्री रेग्मीले खुलाइनन् । संसदीय समितिबाट पास भएर अन्तिम चरणमा पुगेको विधेयक सरकारले फिर्ता लिएको थियो ।
यस्तै मन्त्रिपरिषद बैठकले जापानका प्रधानमन्त्री सिन्जो आवेको निधनमा शनिवार शोक मनाउने निर्णय पनि गरेको छ । मृत्यु भएका सगरमाथा आरोही शम्भु तामाङलाई राष्ट्रिय सम्मान दिने पनि बैठकले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण