जसपा उपेन्द्र यादव पक्षले भन्यो - काठमाडौंमा पार्टीको कुनै बैठक छैन

जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) ले काठमाडौंमा जसपाको केन्द्रीय समितिको बैठक नरहेको जनाएको छ । जसपाका कार्यालय प्रमुख प्रकाश अधिकारीले शुक्रबार विज्ञप्ति जारी गरी यही असार १३ गते बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको केन्द्रीय समितिको बैठक २९ र ३० असारमा वीरगञ्जमा बस्ने निर्णय गरेको जनाएको हो ।
विज्ञप्तिमा केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरुले पार्टीका विधान र निर्णय विपरित अवैधानिक तथा अनाधिकृत रुपमा जसपाको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौँमा बस्ने भनि भ्रम फैलाएको उल्लेख गरिएको छ । काठमाडौंमा जसपाको कुनै आधिकारिक बैठक नरहेको कार्यालय प्रमुख अधिकारीले जनाएका छन् ।
जसपा नेपालको बाबुराम भट्टराई पक्षले पनि असार २९ र ३० गते काठमाडौँमा विस्तारित बैठक बोलाएको छ । पार्टीमा देखिएका आन्तरिक विवादका कारण यसरी छुट्टा छुट्टै बैठक बस्न लागेको हो । जसपामा बस्ने कि अलग हुने विषयको निर्णय गर्न डा.भट्टराई बैठक बोलाएका हुन् । उनीहरुले जसपाका अध्यक्ष उपेन्द्र यादवले एकलौटी रुपमा केन्द्रीय समितिको बैठक बोलाएको र बैठकबारे अधिकांश केन्द्रीय सदस्यलाई जानकारी नपठाएको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी
-
‘के घर के डेरा : घर नं २’ सेन्सर पास
-
जेल सजाय भोगिरहेका र्यापरमाथि घातक हमला, १४ पटक चक्कु प्रहार
-
महिला टी–२० विश्वकप छनोट : हङ्कङसँग सात विकेटले हार्यो नेपाल
-
‘हिउँ पर्न छोडेर पानी बर्स्यो, मुस्ताङीले छाना फेरे’
-
विभिन्न स्थानमा ४ जना मृत फेला