आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौ महानगरको बजेट तथा कार्यक्रम संशोधनसहित पारित

शुक्रबार, २४ असार २०७९, १७ : ४८
शुक्रबार, २४ असार २०७९

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट संशोधनसहित सर्वसम्मतिले पारित भएको छ । शुक्रबार बसेको महानगरको नगरसभामा छलफलपछि महानगरको आगामी बर्षको बजेट संशोधनसहित पारित भएको महानगरप्रमुख बालेन्द्र शाहले घोषणा गरेका हुन् । 

शुक्रबारको नगरसभामा सदस्यहरुले रसला तण्डुकार ,मैयालक्ष्मी महर्जन, आशमान संगत लगायतले छुटेका योजनाहरु संशोधन गर्न सुझाव राखेका थिए ।  नगरसभामा प्रमुख शाहले बजेटमा राम्रा सुझावहरु आएको भन्दै राम्रा योजनालाई निरन्तरता दिने, फोहोर मैला व्यवस्थापनमा ध्यान दिने, खेलकुदसम्बन्धी गतिविधिका लागि महानगरले प्राथमिकतामा राख्ने, वृद्धभत्ता, सडक, ढल लगायतमा पनि महानगरले आएका सुझावलाई सम्बोधन गर्ने बताए ।

कठमाडौं महानगरपालिकाले गत असार १० गते २५ अर्ब, ४१ करोड, ९६ लाख ९६ हजार विनियोजन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप