माओवादीले बोलायो स्थायी समितिको पहिलो बैठक
नेकपा माओवादी केन्द्रले शनिवार बिहान ८ बजे स्थायी समिति बैठक बोलाएको छ । स्थायी समिति निर्वाचित भएपछि पहिलोपटक प्रचण्ड निवास खुमलटारमा बैठक बोलाएको एक नेताले बताए । बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवादका विषयमा छलफल हुने एक नेताले बताए ।
अखिल क्रान्तिकारीमा पञ्चा सिंह नेतृत्वको कमिटीले पूर्णता पाएपनि पवन कार्की पक्षले समानान्तर कमिटी बनाएपछि स्थायी समिति बैठकमा छलफल हुने भएको हो । त्यसका लागि एउटा कमिटी नै बनाएर विवाद समाधान गरिने भएको छ । यस्तै स्थानीय चुनावमा अन्तर्घात गरेको विषयमा छानविन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा कमिटी बनाएको छ । सोही कमिटीले समेत पूर्णता पाउने बताइएको छ ।
यस्तै पार्टी पदाधिकारीका विषयमा स्थायी समितिमा छलफल हुने ती नेताले बताए । प्रदेश र संघको चुनावअघि नै पदाधिकारी टुंगो लगाउन अध्यक्ष प्रचण्डलाई दबाब भएपछि टुंग्याउन लागि परेका छन् । अरु जनवर्गीय संगठनको कमिटीलाई पूर्णता दिने विषयमा समेत छलफल हुन सक्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण