माओवादीले बोलायो स्थायी समितिको पहिलो बैठक

नेकपा माओवादी केन्द्रले शनिवार बिहान ८ बजे स्थायी समिति बैठक बोलाएको छ । स्थायी समिति निर्वाचित भएपछि पहिलोपटक प्रचण्ड निवास खुमलटारमा बैठक बोलाएको एक नेताले बताए । बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवादका विषयमा छलफल हुने एक नेताले बताए ।
अखिल क्रान्तिकारीमा पञ्चा सिंह नेतृत्वको कमिटीले पूर्णता पाएपनि पवन कार्की पक्षले समानान्तर कमिटी बनाएपछि स्थायी समिति बैठकमा छलफल हुने भएको हो । त्यसका लागि एउटा कमिटी नै बनाएर विवाद समाधान गरिने भएको छ । यस्तै स्थानीय चुनावमा अन्तर्घात गरेको विषयमा छानविन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा कमिटी बनाएको छ । सोही कमिटीले समेत पूर्णता पाउने बताइएको छ ।
यस्तै पार्टी पदाधिकारीका विषयमा स्थायी समितिमा छलफल हुने ती नेताले बताए । प्रदेश र संघको चुनावअघि नै पदाधिकारी टुंगो लगाउन अध्यक्ष प्रचण्डलाई दबाब भएपछि टुंग्याउन लागि परेका छन् । अरु जनवर्गीय संगठनको कमिटीलाई पूर्णता दिने विषयमा समेत छलफल हुन सक्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीमा हुने रुस–युक्रेनबिचको वार्तामा सहभागी हुने सोचमा छन् ट्रम्प
-
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी
-
द्वन्द्व रोक्न किन तम्सियो अमेरिका ?
-
प्रधानमन्त्री ओलीले शुभारम्भ गरे बनेपामा बन्ने फिल्म स्टुडियो ‘सिनेपाः’
-
यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन : प्रधानमन्त्री
-
रवीन्द्र मिश्र पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर