शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

थप ९८ जनामा कोरोना संक्रमण

शुक्रबार, २४ असार २०७९, १६ : ३९
शुक्रबार, २४ असार २०७९

नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोनाको संक्रमण देखिएको छ । कूल २१ सय ५४ जनाको नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ८३ र एन्टीजेन विधिबाट १५ जनामा कोरोनाको संक्रमण देखिएको हो । यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ ।

यस्तै, यो अवधिमा २७ जना निकोसमेत भएका छन् । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप