मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकद्वारा बीमा रकम भुक्तानी

शुक्रबार, २४ असार २०७९, १६ : १७
शुक्रबार, २४ असार २०७९

एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेका ३ जना ग्राहकलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले कुल रू. ३० लाख बीमा रकम भुक्तानी गरेको छ । 

बीमा लाभ प्राप्त गर्नेमा बैंकको स्वयम्भु शाखामा खाता भएका हरिन्द्र शाह तेली, जाजरकोट शाखामा खाता भएका प्रचण्ड जंग शाह र थली शाखामा  खाता भएका सञ्जित तामाङ छन् । निज लाभदायीहरुलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रुपमा एक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप