नवौं राष्ट्रिय खेलकुदका लागि १४ वटा उपसमिति गठन
गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय प्रतियोगिताका लागि १४ वटा उपसमिति गठन गरिएको छ । शुक्रबार बसेको मूल आयोजक समितिको बैठकले प्रतियोगिता आयोजना र व्यवस्थापन समितिसहित १४ वटा उपसमिति गठन गरेको हो ।
प्रतियोगिता संचालनका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिती गठन गर्ने भएको छ । प्रतियोगिताका लागि १४ वटा उपसमिति गठन गर्ने बैठकले निर्णय गरेको हो । प्रतियोगितामा ७ वटा प्रदेश, तीन विभागीय टिम र एनआरएन गरी ११ टिम सहभागी गराउने ।
प्रतियोगितामा विभिन्न ३६ विधामा प्रतिस्पर्धा गराउने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लागु हुने गरी मुख्य ट्रफि निर्माण गरीने बैठकले निर्णय गरेको छ । त्यस्तै निर्माण भएको उक्त ट्रफिलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा टुरमा लैजाने । बैठकले लगातार ती प्रतियोगिता विजेतालाई ट्रफि प्रदान गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण