शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नवौं राष्ट्रिय खेलकुदका लागि १४ वटा उपसमिति गठन

शुक्रबार, २४ असार २०७९, १६ : ११
शुक्रबार, २४ असार २०७९

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय प्रतियोगिताका लागि १४ वटा उपसमिति गठन गरिएको छ । शुक्रबार बसेको मूल आयोजक समितिको बैठकले प्रतियोगिता आयोजना र व्यवस्थापन समितिसहित १४ वटा उपसमिति गठन गरेको हो ।  

प्रतियोगिता संचालनका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिती गठन गर्ने भएको छ । प्रतियोगिताका लागि १४ वटा उपसमिति गठन गर्ने बैठकले निर्णय गरेको हो । प्रतियोगितामा ७ वटा प्रदेश, तीन विभागीय टिम र एनआरएन गरी ११ टिम सहभागी गराउने ।

प्रतियोगितामा विभिन्न ३६ विधामा प्रतिस्पर्धा गराउने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लागु हुने गरी मुख्य ट्रफि निर्माण गरीने बैठकले निर्णय गरेको छ । त्यस्तै निर्माण भएको उक्त ट्रफिलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा टुरमा लैजाने । बैठकले लगातार ती प्रतियोगिता विजेतालाई ट्रफि प्रदान गर्ने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप