आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

घिसिङको संयोजकत्वमा नवौं राष्ट्रिय खेलकुदका लागि कार्यकारी समिति गठन

शुक्रबार, २४ असार २०७९, १५ : २३
शुक्रबार, २४ असार २०७९

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गरिएको छ । शुक्रबार बसेको मुल आयोजक समितिको बैठकले राखेप सदस्य सचिव घिसिङको नेतृत्वमा कार्यकारी समिति गठन गरेको हो ।

राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७९ अनुसार सदस्य–सचिवको संयोजकत्वमा प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गर्ने व्यवस्था छ । समितिको सदस्यमा मन्त्रालयको खेलकुद महाशाखा प्रमुख, खेल आयोजना हुने प्रदेशको प्रदेश खेलकुदको प्रशासकीय प्रमुख, परिषद्का सदस्य माध्यमबाट अध्यक्षले मनोनयन गरेका कम्तीमा एक जना महिला सहित दुई जना, परिषद्का विभागीय प्रमुखहरु र संयोजकले तोकको परिषद्को कर्मचारी समितिको सदस्य सचिव हुनेछन् ।

बैठकले आवश्यकता अनुसार निर्देशिकामा रहेका १४ वटा विषयगत समिति गठनका लागि कार्यकारी समितिलाई निर्देशन दिएको छ । प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप