शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एन्फाले एनएसएलसँगको सम्झौता रद्द गर्ने

शुक्रबार, २४ असार २०७९, १५ : १२
शुक्रबार, २४ असार २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टसँग गरेको सम्झौता खारेज गर्ने भएको छ । नेपाल सुपर लिग (एनएसएल) का लागि गरिएको सम्झौता खारेज हुने एन्फाका एक उच्च पधारिकारीले रातोपाटीसँग बताए ।

एन्फा र असन्तुष्ट ए डिभिजन क्लबबीच शुक्रबार बसेको बैठकले एनएसएलसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।​ एनएसएलले एन्फासँगको सम्झौता अनुसार अघि नबढेकाले सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।

एनएसएल हुने नहुने विषयमा भने एन्फाको कार्यसमितिले निर्णय गर्ने भएको छ । आज बसेको बैठकले भने एनएसएलसँगको सम्झौता रद्द गर्ने छ ।

‘आज बसेको बैठकले एनएसएसँग सम्झौता खारेज गर्ने निर्णय गरेको छ । बाँकी कुरा कार्यसमिति बैठकले गर्नेछ,’ एन्फाका एक उच्च पदाधिकारीले रातोपाटीसँगको कुराकानीमा भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप