नवौं खेलकुद अब सर्दैन : खेलकुदमन्त्री
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुने बताएका छन् । यसअघि दुई पटक सरेको प्रतियोगिता अब तोकिएकै समयमा हुने मन्त्री गहतराजले दावी गरे ।
नवौं राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको बैठकमा बोल्दै उनले कोरोना महामारीका कारण प्रतियोगिता समयमै हुन नसकेको त्यसपछि स्थानीय चुनावले प्रतियोगिता समयमा नभएको बताए । ‘नवौं राष्ट्रिय खेलकुद अब तोकिएको समयमा नै हुन्छ । कोरोना महामारी र स्थानीय चुनावले गर्दा प्रतियोगिता सरे पनि अब प्रतियोगिता सर्ने छैन,’ मन्त्री गहतराजले भने ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ । यसअघि जेठ २२ देखि २८ सम्म हुने तालिका रहेको थियो । प्रतियोगिताका लागि प्रदेशहरूले समय मागेका कारण प्रतियोगिता सरेको थियो ।
मन्त्री गहतराजले दसैंपछि प्रतियोगिता गर्दा खेलाडीमा पनि उत्साह आउने र प्रतियोगिता हेर्ने दर्शकका लागि पनि राम्रो हुने बताए । उनले प्रतियोगिताका लागि प्रदेशहरुको तयारी पनि राम्रो हुने बताए । ‘दसैंपछि प्रतियोगिता हुँदा सहज हुन्छ । खेलाडीले तयारी गर्ने समय पनि धेरै पाउँछन् । खेल हेर्ने दर्शकका लागि पनि उपयुक्त समय हो । पूर्वाधार निर्माण कार्य पनि कार्तिकसम्म पूरा हुन्छ,’ मन्त्री गहतराजले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती