भ्रष्ट र अनैतिकहरुको सरकार स्वीकार्य छैन : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नराम्रा कामहरुको थुप्रो भएको टिप्पणी गरेका छन् । देशको साँचो लिएर लुट्ने काममा सरकार र सरकारका मन्त्रीहरु लागेको भन्दै अध्यक्ष ओलीले यो सरकार स्वीकार्य हुननसक्ने बताए ।
शुक्रबार छवि कार्कीको १२ औं स्मृतिसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको साँचो लिएर लुट्ने सरकारको काम नभएको भन्दै अविलम्ब हट्नुपर्ने बताए । ‘अव यो सरकार स्वीकार्य हुनैसक्दैन । चुनावमा गयो धाँधली गर्छ, मान्छे मार्छ, भोट हाल्न आएका जनतालाई कुट्छ, मतपेटिका साट्छ ।
विकासका आयोजना सवै कटौति गर्छ’, उनले भने, ‘राम्रो काम एउटा गर्दैन नराम्रो मात्रै गर्छ । यो सरकार नराम्रा कामको थुप्रो हो’, पुर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । उनले वर्तमान गठबन्धन सरकार बनेपछि एउटा पनि राम्रो काम गरेको उदाहरण नभएको भन्दै नालायक, भ्रष्ट अनैतिक र सरकारमा एकछिन पनि बस्न नसुहाउने भएकाले अविलम्ब हट्नुपर्ने बताए । ‘यदि हट्दैन भने जनताले टिपेर मिल्काउनुपर्ने अवस्था आउनसक्छ’, ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
-
मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण