प्रचण्डलाई ओलीको प्रश्न : हतियार केका लागि उठाइएको थियो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले केका लागि हतियार उठाएको हो ? भनेर आफुले पहिलेदेखि नै सोधे पनि जवाफ नपाएको बताएका छन् । शुक्रबार एमाले नेता छविलाल कार्कीको १२ औं स्मृतिसभालाई सम्बोधन गर्दै माओवादीले भनेको सशस्त्र जनयुद्धका नाममा एमाले र काँग्रेसका कार्यकर्ता मात्रै मारिएको बताए ।
‘माओवादीको सटकट बाटो सत्तामा पुग्नेबाहेक केही थिएन । कम्युनिस्टसँग मुख्य शत्रुता थियो, काँग्रेससँग पनि थियो’, ओलीले भने, ‘लोकप्रिय सरकार चलाउन सकिन्छ भन्ने स्थापित भैसकेपछि माओवादीले हतियार उठायो ।’
उनले माओवादीले सशस्त्र आन्दोलन थाल्दाका माग सर्वपक्षीय गोलमेच सम्मेलन, सर्वदलीय सरकार, र संविधान सभा मात्रै रहेको बताए ।
‘संविधानसभाका लागि हतियार उठाउनुपर्थ्यो ? र अहिलेसम्म पनि माओवादीले केका लागि हतियार उठाएको थियो प्रचण्डले जवाफ दिएका छैनन्, भोलि पर्सी जवाफ दिए हुन्छ’, ओलीको भनाइ छ । उनले अनावश्यक समयमा हतियार उठाउने, देशमा विग्रह मच्चाउने र युवाहरुलाई खाडीमा पठाउने काम माओवादीले नै गरेको दावी गरे । ‘कुनै उद्यम गर्न माओवादीले दिँदै दिएन । ६३ मा संसदमा जाने, ६४ मा सरकारमा जाने, ६५ मा प्रधानमन्त्री हुने र त्यसपछि छवि कार्कीलाई घरमा गएर हड्डी भाँचेर मार्नुपर्ने कारण के हो ? प्रचण्डलाई थाहा छ ?’ छवि कार्कीको हत्या कमजोरी थियो भनेर प्रचण्डले आजका दिनमा भन्न सक्नुपर्ने बताए ।
‘अलिकति लज्जाबोध छैन, ढुंगाले हानेर, हड्डी भाँचेर, मैले छवि कार्कीको शव हेरेको थिएँ । नेपाली जनतासँग माफी माग्नु छैन । जनता पनि कहिले सचेत हुने होला त्यस्तालाई पनि अझै भोट हालिरहेका छन्’, ओलीको भनाइ छ । उनले हिजो पनि राजीखुशी भोट नदिएको भन्दै कमसेकम अब आँखा खोल्न आग्रह गरे । उनले प्रचण्डपथ भनेको देशलाई भड्खालोमा हाल्ने र अन्धकारमा धकेल्ने पथ भएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत