सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

एनआईबीएल एस क्यापिटल र बिजनेस सोलुसनबीच समझदारी

शुक्रबार, २४ असार २०७९, १४ : ५२
शुक्रबार, २४ असार २०७९

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वािमत्वमा रहेको एनआईबीएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच एक सम्झौता भएको छ। सम्झौताअनुसार दुवै संस्थाका ग्राहकहरू लाभान्वित हुने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

 उक्त समझदारी पत्रमा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक  सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसनको तर्फबाट महाप्रबन्धक राजु के .सीले हस्ताक्षर गरे । सम्झौता पश्चात दुवै संस्थाका ग्राहकहरुको व्यवसायिक जटिलताको वृहत रुपमा समस्या समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानी सम्बन्धि सम्पूर्ण सेवाहरु समेत प्रभावकारी रुपमा ग्राहकहरुलाई उपलब्ध गराइने भएको विज्ञप्तिमार्फत जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप