नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोड बजेट स्वीकृत
नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोडको बजेट स्वीकृत भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताका लागि ६० करोडको बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका हुन् ।
यसअघि तीन पटक प्रतियोगिता सरेको थियो । प्रतियोगिताको मिति सरे पनि सरकारले बजेट घटाएको छैन । नवौं राष्ट्रिय खेलकुद मुल आयोजक कमिटी बैठकमा सदस्य सचिव घिसिङले बनाए । घिसिङले माग गरे वापतको बजेट स्वीकृत भएको बताए ।
‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरे पनि बजेट भने घटेको छैन । अर्थमन्त्रालयले प्रतियोगिताका लागि ६० करोडको बजेट स्वीकृत भएको छ,’ घिसिङले भने । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ । यसअघि जेठ २२ देखि २८ सम्म हुने तालिका रहेको थियो ।
घिसिङले अघिल्लो पटक स्थानीय चुनाव र विद्यालयको परीक्षाको विषयका कारण प्रतियोगिता सरे पनि अब प्रतियोगिता नसर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन