नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोड बजेट स्वीकृत
नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोडको बजेट स्वीकृत भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताका लागि ६० करोडको बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका हुन् ।
यसअघि तीन पटक प्रतियोगिता सरेको थियो । प्रतियोगिताको मिति सरे पनि सरकारले बजेट घटाएको छैन । नवौं राष्ट्रिय खेलकुद मुल आयोजक कमिटी बैठकमा सदस्य सचिव घिसिङले बनाए । घिसिङले माग गरे वापतको बजेट स्वीकृत भएको बताए ।
‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरे पनि बजेट भने घटेको छैन । अर्थमन्त्रालयले प्रतियोगिताका लागि ६० करोडको बजेट स्वीकृत भएको छ,’ घिसिङले भने । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ । यसअघि जेठ २२ देखि २८ सम्म हुने तालिका रहेको थियो ।
घिसिङले अघिल्लो पटक स्थानीय चुनाव र विद्यालयको परीक्षाको विषयका कारण प्रतियोगिता सरे पनि अब प्रतियोगिता नसर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण