नेप्सेमा आज पनि पहिरो, परिसूचक ३४.७१ अंकले गिरावट
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । शुक्रवार नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ अंकले घटेको छ ।
कारोबारमा आएका २१७ कम्पनीको ३० लाख ६३ हजार कित्ता शेयर १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । शुक्रवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । विकास बैंक, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र बैंकिङ, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्से परिसूचकमा गिरावट आएपनि हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ५.४४ प्रतिशत घटेको छ । त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर, बेष्ट फाइनान्सको शेयर मूल्य साढे ४ प्रतिशतभन्दा बढी घटेको छ । साढे ५ करोडभन्दा बढीको कारोबार शिवम् सिमेन्ट्स कम्पनीले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण