३९ प्रतिशत उद्योग मात्र पूर्ण उत्पादनमा, ठूला उद्योगहरु २३ प्रतिशतले वृद्धि
कोभिड-१९ को प्रभाव हालसम्म ३९ प्रतिशत मात्र उद्योगहरु पूर्ण उत्पादनमा रहेको तथ्यांकले देखाएको छ । शुक्रबार राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ जारी गरेको केन्द्रीय तथ्यांक विभागले यस अवधिमा चारवटै औद्योगिक क्षेत्र मध्ये ३९.९ प्रतिशत उद्योगहरूले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको बताएको हो ।
औद्योगिक सर्वेक्षण अनुसार कुल उद्योगहरु मध्ये १८.७ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ७५.९९ प्रतिशत, २९.१ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ५०.७४ प्रतिशत, १०.३ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको २५-४९ प्रतिशत र बाँकी उद्योगहरूले २५ प्रतिशत भन्दा कम उपयोग गरेको देखिन्छ ।
कोभिडका कारण बजार वा मागमा नै कमी आउनुका कारण ४६ प्रतिशत, कच्चा पदार्थको अपर्याप्तताका कारण १० प्रतिशत, स्रोतको कमीका कारण ८ प्रतिशत, सीपमुलक कामदारको अभावका कारण ८ प्रतिशतले उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमतामा ह्रास आएको तथ्यांकले बताएको छ ।
तर पनि समीक्षा अवधिमा करिब २३ प्रतिशतले ठूला औद्योगिक प्रतिष्ठानहरु वृद्धि भएको तथ्यांकले बताएको छ । यश अवधिमा औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरुमा करिब ६ खर्ब १९ अर्ब ५१ करोड मूल्य बराबरको स्थायी सम्पत्ति रहेको विभागले बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण