बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

कोशी ब्यारेजका फिस ल्याडर नखोलिँदा डल्फिनलाई समस्या

शुक्रबार, २४ असार २०७९, १४ : २५
शुक्रबार, २४ असार २०७९

कोशी ब्यारेजमा जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउदा डल्फिनलाई समस्या बढेको छ ।जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिन कोशी ब्यारेज पार गर्न  नपाएका हुन् । जलचर प्राणी (डल्फिन र माछा) ब्यारेज वारपार गर्ने २ वटा बाटो छन् ।

कोशीमा रहेका १५ देखि १८ वटा डल्फिनहरु उक्त बाटो बन्द हुँदा ब्यारेज पार गर्न पाएका छैनन् । जलचर प्राणीले नेपाल तर्फबाट भारततर्फ पानीको बेगसँगै सहज पार हुने र भारत तर्फबाट नेपालतर्फ आउन फिस ल्याडरको बाटो प्रयोग गर्ने गरेको कोशी टापु वन्यजन्तु आरक्षण केन्द्रका प्रमुख रामचन्द्र खतिवडाले बताए । उनले हाल डल्फिन, माछा, घडियाल गोही लगायतका जलचर प्राणीले कोशी ब्यारेज वारपार गर्न नसकेको बताए । 

४०/५० वर्षअघि बनेको कोशी ब्यारेजको ६ नम्बर गेट र ५२ नम्बर गेटमा बनेका फिस ल्याडर बन्द छ । फिसल्याडर सञ्चालनमा आए डल्फिन र ठूला प्रजातिका जलचर प्राणी कोशी ब्यारेज पार गर्न सक्छन् । निर्माण भएको १÷२ वर्षपछि फिस ल्याडर बन्द रहेका कारण डल्फिनहरु ब्यारेज पार गर्न पाएका छैनन् । केही समयअघि सुनसरीको बराहक्षेत्रमा डल्फिनहरु देखिने गरेका थिए । जाडो मौसममा कोशी पार गरेका डल्फिन हाल ब्यारेजको दक्षिण भारतीय क्षेत्रतर्फ आएर जाम भएर बसेका छन् । डल्फिन जाडोमा तल्लो भू–भागमा झर्ने र गर्मी मौसममा सन्तान वृद्धिका लागि माथिल्लो भू–भागमा जाने गरेको आरक्षण केन्द्रका प्रमुख खतिवडाले बताए । 

उनले जलचर संरक्षण ऐनका अनुसार यसको सञ्चालन गर्ने, नियमन गर्ने दायित्व जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीको हुने उल्लेख गरिएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई आफूहरुले भारतीय पक्षलाई सञ्चालनका लागि निर्देशन दिन अनुरोध गरिएको जानकारी दिए । 

फिस ल्याडर सञ्चालनमा आए डल्फिनले र माछाले कोशी पार गर्नसक्ने तथा डल्फिन र माछाको संख्या बढ्ने उनले जानकारी दिए ।  नेपाल र भारतको सहमतिमा फिस ल्याडर बनेपनि केही वर्ष सञ्चालनमा आएर बन्द रहेको हो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप