यौन हिंसामा वयस्कलाई २ वर्ष, नाबालिगलाई ३ वर्षसम्म उजुरीको हदम्याद बढाउने निर्णय
बलात्कार तथा यौन हिंसाका घटनामा अवदेखि नाबालिगले ३ वर्षसम्म उजुरी गर्न पाउने कानुनी व्यवस्था हुने भएकाे छ । प्रतिनिधिसभा अन्तरगत रहेको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बसेको बैठकले यौन हिंसामा परेकाहरूमध्ये नाबालिग र अपाङ्गले ३ वर्ष र वयस्कले २ वर्षभित्र उजुरी गर्न सक्नेगरी हदम्याद बढाउने निर्णय गरेसँगै यस्ताे कानुनी व्यवस्था हुने भएकाे हाे ।
यौन हिंसाविरुद्ध केही ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि छलफलका क्रममा सो निर्णय भएको समितिका सभापति कृष्णभक्त पोखरेलले बताएका छन् । सहमतिअनुसार अव कुनैपनि बलात्कारमा परेका नाबालिगले बालिग (१८ वर्ष पूरा भएको) ३ वर्षपछि अर्थात २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्न पाउने भएका छन् भने बालिगको हकमा घटना भएको २ वर्षभित्र उजुरी गर्न पाउने छन् ।
साथै अपाङ्गता, जेष्ठ नागरिक र सुस्त मनस्थिति भएका व्यक्तिले भने घटना भएको ३ वर्षभित्र उजुरी गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि १ बर्ष हदम्यादको व्यवस्था रहेको थियो । बैठकमा सर्वसहमतिले सो निर्णय गरेको सभापति पाेखरेलको भनाइ छ । हाल बालिग तथा नाबालिग दुबैको हकमा एक वर्षभित्र उजुरी गर्नुपर्ने हदम्याद ताेकिएकाे छ । महिला अधिकारकर्मीहरुले बलात्कार तथा हत्याहिंसाका मुद्दामा हदम्याद नराख्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण