सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

वैवाहिक जीवनमा बाँधिए नीता र हरिहर

शुक्रबार, २४ असार २०७९, १४ : १३
शुक्रबार, २४ असार २०७९

अभिनेत्री नीता ढुङ्गानाले विवाह गरेकी छन् । उनले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग लगनगाँठो  कसेकी हुन् । नीता र हरिहरको विवाह समारोह दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा भइरहेको छ ।  

विवाहमा दुवै तर्फका नजिकका आफन्त र सिमित साथीभाइको सहभागिता छ । विवाह अगाडि नीताले नजिकका साथीहरूलाई ब्याचलर पार्टी दिएकी थिइन् । बुधबार उनको मेहन्दी तथा संगीत समारोह समेत आयोजना गरिएको थियो ।

विवाहको रिप्सेसन पाटी भने आइतबार आयोजना गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप