बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

जीतु र साम्राज्ञीको ‘ह्यारी की प्यारी’ २५ कात्तिकमा रिलिज हुने

शुक्रबार, २४ असार २०७९, ११ : ५७
शुक्रबार, २४ असार २०७९

डा. भोला रिजालको निर्माण र उनका छोरा डा. कपिल रिजालको निर्देशन रहेको फिल्म ‘ह्यारी की प्यारी’ २५ कात्तिकबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले शुक्रबार फिल्मको एक पोष्टर फष्टलुकका रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

फष्टलुकमा फिल्मका अभिनेता जीतु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह देखिएका छन् । फिल्मले उनीहरुको विवाहको कथा भन्ने फष्टलुकमा झल्किएको छ।  पोस्टरमा जीतु ढाका टोपी लगाएर नौमति बाजा बजाउँदै देखिएका छन्, भने साम्राज्ञी रातो लेहंगामा बेहुली झैं सजिएकी छन् । जीतु र साम्राज्ञीको रोचक केमेस्ट्रीले फिल्मप्रति उत्सुकता जगाउने देखिन्छ ।

फिल्ममा जीतु र साम्राज्ञीको अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ । फिल्ममा अभिनेत्री रेखा थापाको केमियो भूमिकामा छिन् । डा. कपिल रिजालको प्रस्तुति रहेको फिल्ममा कथा रिजाल स्वयं, पटकथा÷संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल र अभिमन्यु निरवीले लेखेका हुन् ।

फिल्ममा भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियोग्राफी छ । सुदीप बरालको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप