अपर हेवाखोला हाइड्रोको आईपीओ खुल्ला, कति दिने आवेदन ?
शुक्रबार, २४ असार २०७९, ११ : २४
अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बिक्री खुल्ला भएको छ । कम्पनीले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गरेको हो ।
प्रतिकित्ता १०० रुपैयाँ दरका १५ लाख कित्ता आईपीओ जारी गरेको कम्पनीले कुल निष्काशन मध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको १३ लाख ९५ हजार कित्ताका सर्वसाधारणका बिक्री खुल्ला गरेको छ ।
छिटोमा असार २८ गते र ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सकिने उक्त आवेदनमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ओ बड्डा’ भन्दै दिलीपसँग नाचिन् सुनिता
-
अमेरिकामा बन्यो वर्षा र जोयसको ‘हिउँको गीत’
-
सिंहदरबारमा विपक्षी दलको बैठक जारी
-
‘मधुशाला गीत गजल’मा राजनराज र मिलनको साङ्गीतिक प्रस्तुति हुने
-
कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित
-
पुस मसान्तको एनपीएल दबाबलाई कम गर्नेगरी बैंकहरुलाई राष्ट्र बैंकको राहत