शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार गरेको आरोपमा सल्यानबाट दुईजना पक्राउ

शुक्रबार, २४ असार २०७९, ११ : २०
शुक्रबार, २४ असार २०७९

किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानबाट दुईजनालाई पक्राउ गरेको छ ।  १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ पर्नेहरुमा जाजरकोट भेरी नगरपालिका–१२ बलगाड बस्ने २३ वर्षीय रमेश भण्डारी र २१ वर्षीय डिल्ली बस्नेत छन् । किशोरीलाई ठुलीआमाको घरमा सुतिरहेको अवस्थामा त्यहाँ गएर  जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । इलाका प्रहरी कार्यालय राँगेचौरले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप