आजै लगनगाँठो कस्दै नीता
शुक्रबार, २४ असार २०७९, १० : ३६

अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग आज (शुक्रबार) लगनगाँठो कस्दैछिन् ।
नीता र हरिहरको विवाह समारोह दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा आयोजना गरिएको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त र सिमित साथीभाइलाई मात्र निम्त्याइएको छ ।
नीताले केही दिन अगाडि नजिकका साथीहरूलाई ब्याच्लर पार्टी दिएकी थिइन् । बुधबार उनको मेहन्दी तथा संगीत समारोह आयोजना गरिएको थियो । मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकार र केही रंगकर्मी पत्रकारको सहभागिता थियो । नीताले हरिहरसँगको केही बर्षको प्रेम विवाहमा परिणत गर्न लागेकी हुन् ।