बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘दोख’ लाई एकल प्रदर्शनकाे अवसर

शुक्रबार, २४ असार २०७९, १० : २५
शुक्रबार, २४ असार २०७९

आजबाट फिल्म ‘दोख’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत ‘दोख’ देशभर प्रदर्शनमा आएको हो । अनुप बरालको निर्देशन रहेको फिल्मले निर्माण भएको ७ वर्षपछि बल्ल प्रदर्शन अवसर पाएको हो ।

माओवादी–सशस्त्र युद्धको पृष्ठभूमिमा वनको मुद्दालाई लिएर दुई गाउँबीच उत्पन्न किचलोको कथामा फिल्म निर्माण भएको छ । सिंगल थिएटर पर्याप्त मात्रामा पाएको फिल्म मल्टिप्लेक्सहरुमा पनि रिलिज भएको छ । 

राजन कठेतद्वारा लिखित फिल्ममा दीया मास्के, लोकमणि सापकोटा, मनिष निरौला, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगरलगायतको अभिनय छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा हुन् ।

सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल र युवराज भट्टराई एसोसिएट निर्माता रहेको फिल्ममा शैलेन्द्र डि. कार्कीको छायांकन, संगम पुष्पाको ब्याकग्राउन्ड स्कोर, उत्तम न्यौपानेको साइन्ड डिजाइन, अष्ट महर्जनको द्वन्द्व र निमेष श्रेष्ठको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप