नेपाल फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम अवसर
शुक्रबार, २४ असार २०७९, ०९ : ५२
नेपाल फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज (शुक्रबार) अन्तिम दिन हो । कम्पनीले १७ असारदेखि १४ लाख ३९ हजार ४१२.७५ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो ।
यसमा संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको तीन लाख दुई हजार ६९६.२७ कित्ता रहेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस कम्पनीले यसअघि ६ देखि २६ जेठसम्म ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर अहिले लिलामीमा ल्याइएको हो । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने