शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

शुक्रबार, २४ असार २०७९, ०९ : १५
शुक्रबार, २४ असार २०७९

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट  स्कुटर चालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा ५ ख ५४२३ नम्बरकाे मिनी ट्रकले गए राति ठक्कर दिँदा बा ६७ प ८४२२ नम्बरकाे स्कुटर चालकको मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका–८ लिवालीका ४३ वर्षीय सत्यराम कर्मचार्यलाई पक्राउ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप