बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : २२ दिनमा ७ अर्ब १९  करोड खर्च

शुक्रबार, २४ असार २०७९, ०८ : ५१
शुक्रबार, २४ असार २०७९

लुम्बिनी प्रदेशमा असार महिनामा मनलाग्दी खर्च  भएको छ । जेठ महिनाको मसान्तसम्म १८ अर्ब ५६ करोड ५१ लाख  बजेट खर्च गरेको सरकारले असार महिनाको  २२ गते बुधबारसम्म २५ अर्ब ३५ करोड खर्च  गरेको छ । असार महिनाको २२ दिनमा ७ अर्ब १९ करोड खर्च भएको देखिन्छ ।

प्रतिशतको हिसाबले जेठ मसान्तसम्म कुल ४५ प्रतिशत खर्च गरेको प्रदेश सरकारले यो २२ दिनमा १५ प्रतिशत वृद्धि गरी ६० प्रतिशत पुर्याएको छ । 

आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले अहिले असारमा चालु र पुँजीगत दुवैको  खर्चको दर उच्च देखिएको प्रदेश लेखा नियन्त्रण कार्यालय बुटवलको जनाएको छ ।

जेठ सम्म पुँजी गत खर्च कम गरेका मन्त्रालयहरूले अहिले पछिल्लो २२ दिनमा धेरै खर्च गरेको देखिन्छ । यसरी धेरै खर्च गर्नेहरूमा भौतिक पूर्वाधार मन्त्रालय, पर्यटन, ग्रामीण तथा सहकारी विकास मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, कृषि मन्त्रालय, ऊर्जा मन्त्रालयले  धरै खर्च भएको देखिन्छ । 

२२ दिनमा कुन मन्त्रालयको कति खर्च  

भौतिक पूर्वाधार विकास मन्त्रालय
भौतिक पूर्वाधार विकास प्रदेशको  सबैभन्दा धेरै बजेट रहेको मन्त्रालय हो । ९ अर्ब ९७७ लाख रहेको मन्त्रालयले असारमा २२ दिनमा मात्रै ९५ करोड ६४ लाख खर्च गरेको छ । 

जेठ मसान्त सम्म ४ अर्ब १८ करोड गरेको थियो । अहिले असार २२  गतेसम्म ५ अर्ब १४ करोड  पुर्याएको  प्रदेश लेखा कार्यालयले जनाएको छ । प्रतिशतका हिसाबले जेठ मसान्तसम्म ४६ प्रतिशत मात्र रहेको थियो । अहिले असार २२ सम्म ५७ प्रतिशत  पुगेको छ ।

पर्यटन, ग्रामीण तथा सहकारी विकास मन्त्रालयका 
पर्यटन, ग्रामीण तथा सहकारी विकास मन्त्रालयको ५ अर्ब  ९६ करोड बजेट मध्ये असार २२ बुधबारसम्म ३ अर्ब  ६४  करोड खर्च भएको छ ।

उसले कुल बजेटको ६१ प्रतिशत खर्च गरेको देखिन्छ । ११ महिना जेठसम्म २ अर्ब ६३ करोड ८३ लाख बजेट खर्च गरेको मन्त्रालयले असारे खर्च  भने उच्च रहेको छ। मन्त्रालयले  २२ दिनमा १ अर्ब  खर्च गरेको छ । भने प्रतिशतको हिसाबले ४४ प्रतिशतबाट वृद्धि गरेर २२ दिनमा ६१ प्रतिशत पुराएको छ ।

कृषि, खाद्य प्रविधि तथा भूमि सुधार मन्त्रालय 
कृषि, खाद्य प्रविधि तथा भूमि सुधार मन्त्रालयले जेठ मसान्त सम्म निकै कम खर्च  गरेको थियो  । 

३ अर्ब ४० करोड बजेट रहेको मन्त्रालयले जेठ मसान्त सम्म ६८ करोड  खर्च  गरेको थियो । असार महिनाको २२ दिनमा ५० करोड खर्च गरेर १ अर्ब १९ करोड पुराएको छ । तर कुल बजेटको खर्चको भने जम्मा ३५ प्रतिशत गरेको छ ।

शिक्षा, विज्ञान  तथा  युवा तथा खेलकुद मन्त्रालय
यो मन्त्रालयको खर्च पनि असारमा धेरै भएको छ । कुल बजेट २ अर्ब ७ ४ करोड रहेको मन्त्रालयले असारको २२ दिनमा  मात्रै ४८ करोड खर्च गरेको छ । जब कि जेठ मसान्तसम्म १ अर्ब १२ करोड खर्च गरेको मन्त्रालयले अहिले १ अर्ब  ६१ करोड पुर्याएको छ ।

ऊर्जा मन्त्रालय  
प्रदेशको कान्छो मन्त्रालयका रूपमा चिनिने ऊर्जा सिँचाई मन्त्रालयले पनि असारमा राम्रै  खर्च गरेको छ ।
 
कुल बजेट ३ अर्ब ६२ करोड रहेको मन्त्रालयले जेठ मसान्तसम्म १ अर्ब ८९ लाख  खर्च गरेको थियो । असारको २२ दिनमा ६० करोड खर्च  गरी २ अर्ब ४९ लाख खर्च गरेको छ।  मन्त्रालयले कुल बजेटको ६८ प्रतिशत खर्च  गरेको छ ।

आन्तरिक मामिला तथा सञ्चार  मन्त्रालय  
कुल  ६७ करोड २५ लाख रहेको मन्त्रालयले  जेठ मसान्त सम्म  २१ करोड ४१ लख  खर्च गरेको देखिन्छ ।  असार २२ गतेसम्म ५ करोड  ६९ लाख रुपियाँ  गरी २७ करोड पुर्याएको छ ।

स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय
कुल  ४ अर्ब २ ९८ करोड बजेट रहेको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले  जेठसम्म २ अर्ब ६८ करोड खर्च गरेको थियो । असारको २२ दिनमा मात्रै ६९ करोड ५६ लाख  खर्च गरेर अहिले ३ अर्ब ३८ करोड पुराएको छ । मन्त्रालयको खर्च ८२ प्रतिशत पुगेको छ।

श्रम रोजगार तथा  यातायत व्यवस्था मन्त्रालय
कुल बजेट  ३४ करोड ७१ लाख  रहेको मन्त्रालयले जेठसम्म  १४ करोड खर्च  गरेको  थियो । अहिले असार  २२ गते सम्म १८ करोड  पुराएको छ । मन्त्रालयले  २२ दिनको अवधीमा  ४ करोड खर्च  गरेको छ ।

वन, वातावरण तथा भू संरक्षण मन्त्रालय
यो मन्त्रालयको बजेट कुल बजेट  १ अर्ब ८६ करोड  रहेको थियो । जेठसम्म  ९२ करोड ७३ लाख  गरेको मन्त्रालयले अहिले  असारको २२ दिनमा २९ करोड ७२ लाख खर्च गरेर हालसम्म कुल १ अर्ब २२ करोड खर्च गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप