शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

महिला युरोकप : नर्दन आयरल्यान्डविरुद्ध नर्वेको सहज जित

शुक्रबार, २४ असार २०७९, ०६ : ४१
शुक्रबार, २४ असार २०७९

नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।  बिहीबार राति साउथह्याम्पटनमा भएको खेलमा नर्वेले सहज जित निकाल्ने क्रममा ४-१ अन्तरको जित निकाल्यो । 

नर्वेको जितमा जुलिइ ब्ल्याकस्टाड, फ्रीडा मानुम, ग्राहम हान्सेन, गुरो राइटेनले एक(एक गोल गरे । आयरल्यान्डका लागि जुलीइ नेल्सनले सान्त्वना गोल गरे । 

जितसँगै घरेलु टोली इङ्ग्ल्यान्डलाई गोल अन्तरमा पछि पार्दै नर्वे समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । समाम तीन अंकको इङ्ल्यान्ड दोस्रो स्थानमा छ । बिना अंकको अष्ट्रीया र आयरल्यान्ड क्रमश तेस्रो र चौथो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप