प्रहरी प्रवक्तामा डीआईजी राई
बिहीबार, २३ असार २०७९, २० : ५३
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिइएको छ ।
उनी हालैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा पदोन्नति भएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् ।
पदोन्नति हुनुअघि उनी बबरमहलस्थित प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुखका रूपमा रहेका थिए । यसअघिका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई भने अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’