शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक फिर्ता लिएर सरकारले जनताको अधिकार खोस्यो : विशाल भट्टराई

बिहीबार, २३ असार २०७९, २० : १८
बिहीबार, २३ असार २०७९

नेकपा एमालेका सांसद विशाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको  हक खोसेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले सरकारले छलफल भइसकेको र टुंगिसकेको नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य अधिकार पनि खोस्ने काम गरेको आरोप लगाएका हुन् । 

उनले लामो समयदेखि नागरिकताबाट वञ्चित भएका नागरिकलाई नागरिकता प्रदान गर्न लागि परेपनि सरकारले अहिले फिर्ता लिँदा एमाले आश्चर्यमा परेको बताए । उनले एमालेले  नागरिकता विधेयक पास गर्न सहयोग गर्न तयार रहेको भएपनि अर्को विधेयक ल्याउने सरकारको निर्णयलाई त्यसभित्रका कुराहरु नहेरी समर्थन नगर्ने बताए ।  सांसद भट्टराईले नागरिकता ऐन छिटोभन्दा छिटो पास गरी नागरिक हुनबाट वञ्चित नेपालीलाई नागरिकता प्रदान गर्नुपर्ने बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप