बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिलाको नाममा २५ लाखसम्मको निक्षेपको कुनै स्रोत नखोज्न सिबिफिनको माग

बिहीबार, २३ असार २०७९, १९ : १२
बिहीबार, २३ असार २०७९

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले महिलाको नाममा बैंकमा जम्मा हुने २५ लाख रुपैयाँसम्मको कुनै स्रोत नखोज्न माग गरेको छ । परिसंघले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिँदै यस्तो माग गरेको हो । 

यस्तो व्यवस्थाले महिलाहरुको आर्थिक एवं सामाजिक सशक्तिकरणमा टेवा पुग्नुका साथै आर्थिक तरलतामा समेत सहयोग पुग्ने परिसंघको भनाइ छ । ‘महिलाहरुले आफ्नो नाममा २५ लाख रुपैयाँसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्दा उक्त रकमको स्रोत नचाहिने व्यवस्था गर्दा महिलाहरुको आर्थिक एवं सामाजिक शशक्तिकरणमा टेवा पुग्नेको साथै आर्थिक तरलतामा सहयोग पुग्ने’ परिसंघले राष्ट्र बैंकलाई दिएको सुझावमा उल्लेख गरिएको छ । 

यस्तै, कृषि परियोजना गर्ने सूचीकृत कम्पनीलाई उर्जामा जस्तै लगानी गर्दा स्रोत नचाहिने व्यवस्था गर्न समेत परिसंघले राष्ट्र बैंकसँग माग गरेको छ । जसले सबल राष्ट्रिय अर्थतन्त्र निर्माणका साथै आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने परिसंघको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप