मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता सम्बन्धी विधेयक फाष्ट ट्रयाकबाट पारित हुने दाबी

बिहीबार, २३ असार २०७९, १९ : ०१
बिहीबार, २३ असार २०७९

वन तथा वातावरणमन्त्री प्रदीप यादवले संसदमा पेस गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयक फाष्ट ट्रयाकबाट पारित हुने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले संसदमा पेस गर्ने नागरिकता सम्बन्धी नयाँ विधेयक फाष्ट ट्रयाकबाट पारित हुने बताएका हुन् ।

उनले जन्मसिद्धका छोराछोरी अनागरिक भएर बाच्नुपरेको भन्दै सर्वसम्मत रुपमा विधेयक पारित गर्नुपर्ने बताए । नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले शुक्रवारको प्रतिनिधि सभा बैठकमा नै नागरिकता सम्बन्धी विधेयक पेस हुने बताए । विधेयकको सम्बन्धमा गठबन्धन एक ठाउँमा रहेको उल्लेख गर्दै उनले सर्वदलीय सहमतिका लागि शीर्ष नेताहरुले कोशिस गरिरहेको जानकारी दिए । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले सरकारले पेस गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयकले संवैधानिक व्यवस्था अनुसार जन्मसिद्धका छोराछोरीले नागरिकता पाउने कुरा समेट्ने बताए । उनले पनि नागरिकतासम्बन्धी विधेयक शुक्रवारको प्रतिनिधि सभा बैठकमा पेस हुने जानकारी पाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप