शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हैजा संक्रमित हुनेको संख्या २३ पुग्यो

बिहीबार, २३ असार २०७९, १८ : ५८
बिहीबार, २३ असार २०७९

काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप दुई जनामा हैजामा पुष्टि भएको हो । दुवै जना हैजाका बिरामीको  उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

कागेश्वरी मनहरा नगरपालिकाका  ६ वर्षीय बालक र ५८ वर्षीय काठमाडौं–१३ का पुरुषमा हैजा पुष्टि भएको हो । यससँगै हैजा पुष्टि हुनेको संख्या २३ जनामा पुगेको छ । कागेश्वरी मनहराका बालकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ५८ वर्षीय पुरुषको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप