भारतीय सहयोगमा निर्मित दुई विद्यालयका भवन उद्घाटन
भारत–नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा कपिलवस्तुमा विद्यालय निर्माण गरिएको छ । भारत सरकारको पाँच करोड ९२ लाख रुपैयाँ अनुदान सहयोगमा कपिलवस्तु जिल्लाको शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ ।
सो भवनको आज एक कार्यक्रमबीच भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उद्घाटन गरेका हुन् । दुवै विद्यालय जिल्लाकै सबैभन्दा पुराना हुन् । शिवभरी माविमा ७०० र जानकी उच्च माविमा एकहजार ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कपिलवस्तु जिल्लाका ५ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध