आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय सहयोगमा निर्मित दुई विद्यालयका भवन उद्घाटन

बिहीबार, २३ असार २०७९, १८ : ५६
बिहीबार, २३ असार २०७९

भारत–नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा कपिलवस्तुमा विद्यालय निर्माण गरिएको छ । भारत सरकारको पाँच करोड ९२ लाख रुपैयाँ अनुदान सहयोगमा कपिलवस्तु जिल्लाको शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ ।

सो भवनको आज एक कार्यक्रमबीच भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उद्घाटन गरेका हुन् ।  दुवै विद्यालय जिल्लाकै सबैभन्दा पुराना हुन् । शिवभरी माविमा ७०० र जानकी उच्च माविमा एकहजार ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कपिलवस्तु जिल्लाका ५ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप