बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस युनियनको नेतृत्वका लागि पाँच जना मैदानमा, पदाधिकारीमा क-कसको दावी ?

बिहीबार, २३ असार २०७९, १८ : २६
बिहीबार, २३ असार २०७९

सत्तासीन नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन आसन्न साउन ६ र ७ गते मकवानपुरको हेटौंडामा हुँदैछ । ०७१ भदौमा ८ औं महाधिवेशन गरेको प्रेस युनियनले करिब ८ वर्षपछि नवौँ महाधिवेशन गर्न लागेको हो ।

प्रेस युनियनको नयाँ नेतृत्वका लागि आधा दर्जन दाबेदार देखिएका छन् । संस्थापन पक्षबाट वर्तमान कोषाध्यक्ष सरोज अधिकारी र पूर्व उपाध्यक्ष अनिता विन्दु अध्यक्षका सशक्त दाबेदारका रुपमा अगाडि आएका छन् । यस्तै संस्थापन इतरबाट वर्तमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य र केन्द्रीय सल्लाहकार तथा पूर्व महासचिव शिव लम्सालले तयारी तीव्र पारेका छन् । यस्तै प्रेस युनियनका नेता रामप्रसाद दाहालले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । 

प्रेस युनियनका पूर्व सचिव सन्तोष न्यौपानेले, भुवन भट्ट प्रेस युनियनका पुराना नेता दामोदर दवाडी र उमिद वाकचनले पनि अध्यक्षमा आकांक्षा देखाएको पाइन्छ । यद्यपि उनीहरुले अहिलेसम्म उम्मेदवारी घोषणा भने गरेका छैनन् । वरिष्ठ उपाध्यक्षमा लीला खनाल, नीरज खतिवडा लगायतले उम्मेदवारी घोषणा गरेका छन् ।  उपाध्यक्षमा जनार्दन घिमिरे, सलोजा दाहाल, ऋषिकान्त पौडेल, दिलिपाश्री अधिकारी, कल्पना शर्मा लगायत दाबेदारका रुपमा अगाडि आएका छन् ।

यस्तै महासचिवमा पनि मुख्य आकर्षण देखिएको छ । महासचिवमा कार्यवाहक महासचिव भीष्मराज ओझा, सचिव  खिला कार्की, केन्द्रीय सदस्यहरु दिलिप पौडेल र रमेश वाग्ले, शिवराज योगीले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै काठमाडौंका पूर्व अध्यक्ष नकुल अर्याल, कञ्चनपुरका पूर्व सचिव केशव साउद, विमल ज्ञवालीले उम्मेदवारी घोषणा गरेर प्रचार–प्रसार थालेका छन् । 

उपमहासचिवमा युवराज गौतम, सुलोचना गौतम, भुवन शर्मा, कुसुम बिक (सेन्चुरी)लगायतको दाबेदारी छ । यस्तै कोषाध्यक्षमा पदम जोशी, माधव धिताल, मित्र भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् ।

सचिवमा लोकेन्द्र भट्ट, खगेन्द्र भण्डारी, विजय रेग्मी, कालिका महत, तीर्थ बस्नेत, मेनुका ढुंगाना, राधा खनाल, एलपी देवकोटा, टिकाराम सुनार लगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

महाधिवेशन आउन करिब दुई हप्ता बाँकी हुँदा पदाधिकारीमा उम्मेदवारी घोषणाको लहर चलेको छ । नयाँ विधान टुंगो लगाएपछि उम्मेदवारी घोषणाको थप लहर चल्ने देखिन्छ । ३–३ वर्षमा महाधिवेशन हुनुपर्नेमा ८ वर्षपछि हुन लाग्दा नेतृत्वमा प्रेस युनियनमा देखिएको जामले उम्मेदवार बढ्ने संकेत देखाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप