सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने

बिहीबार, २३ असार २०७९, १७ : ३८
बिहीबार, २३ असार २०७९

नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने भएको छ । पार्टी केन्द्रीय समिति बैठकबाट पदाधिकारीको टुंगो नलागेपनि वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई बनाउने तयारी गरिएको हो । बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीमा सबैको टुंगो लागेपनि महासचिव र उपमहासचिवमा थोरै मिलाउनुपर्ने भएकाले २÷४ दिनको समय मागेका हुन् । 

वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई नै बनाउने पक्का पक्की भएपनि सबै पदाधिकारीको टुंगो नलागेकाले घोषणा नगरिएको हो । श्रेष्ठ यसअघि तत्कालिन नेकपा सचिवालय सदस्य एवम पार्टी प्रवक्ताको जिम्मेवारीमा थिए । माओवादीमा भने प्रचण्डपछि दोस्रो वरियतामा श्रेष्ठ रहने भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप