बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आँधीखोला र सीवाईसी लघुवित्तको सेयर कारोबार रोकियो

बिहीबार, २३ असार २०७९, १६ : २६
बिहीबार, २३ असार २०७९

आँधिखोला लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा सेयर कारोबार रोकिएको छ । यी कम्पनीहरूबीच मर्जरमा जाने सम्झौता भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबार रोक्का गरेको हो ।

यी दुई कम्पनीबीच बुधबार मर्जरमा जाने सम्झौता भएको थियो । सीवाईसीको १०० कित्ता बराबर आँधिखोलाको ७० कित्ताको अनुपातमा मर्जरमा जाने सम्झौता भएको हो । यस सम्झौताअनुसार नै दुई कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।

सीवाईसी लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख रुपैयाँ छ भने आँधिखोला लघुवित्तको चुक्ता पूँजी ११ करोड ९० लाख रुपैयाँ छ । यसअघि, आँधिखोला लघुवित्तले धौलागिरी लघुवित्तसँग मर्ज गर्ने निर्णय गरेको थियो । जुन सम्झौता भाँडिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप